ad ad

राजनीति


सीमा सच्याउन सरकारले के गर्छ हेर्ने बेला आएको छ : पौडेल

सीमा सच्याउन सरकारले के गर्छ हेर्ने बेला आएको छ : पौडेल

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार १०:६,

 नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भारतले कालापानीमा सीमा मिचेर बनाएको नक्सा सच्याउन ‘प्रधानमन्त्रीले के गर्छन् अब व्यवहारमै हेर्ने बेला आएको’ बताएका छन्।

‘कालापानीमा सीमा मिचिएको छ। अब प्रधानमन्त्रीले त्यो सच्याउन कति गर्नुहुन्छ, हेर्नुछ,’ नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री पौडेलले मंगलबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताए।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मकवानपुरको हेटौडामा आयोजित कार्यक्रममा सहभागी पार्टी प्रतिनिधिहरुबीच सो कुरा बताएका हुन्।

‘राष्ट्रिय स्वाधिनताको रक्षाका लागि नेपाली कांग्रेस सरकारलाई सहयोग गर्न तयार छ। हामी सहयोग गर्छौं,’ उनले भने, ‘तर राज्यले कुटनीतिक सामर्थ्य र क्षमता देखाउन सक्नुपर्यो।’ उनले प्रधानन्त्री केपी शर्मा ओली र अन्य कम्युनिष्ट नेताहरुले विपक्षमा रहँदा चर्का कुरा गर्ने गरेको र अहिले सरकारमा हुँदा के गर्छन् हेर्ने बेला आएको बताए।

उनले अहिलेको सरकारले लोकतन्त्रवादी व्यवसायीलाई छानि छानि दु:ख दिने काम गरिरहेको दाबी पनि गरे। ‘अहिले लोकतन्त्रका पक्षधर व्यवसायीलाई दु:ख दिने, पाखा लगाउने काम गरेको छ, दुईतिहाई सत्ताको घोर दुरुपयोग गरेको छ,’ उनले भने।

पौडेल र अर्का नेता विमलेन्द्र नीधिले सो प्रशिक्षण कार्यक्रममा कम्युनिष्टहरुको वैचारिकरुपमै सशक्त ढंगले प्रतिवाद गर्न पार्टी सदस्यहरूलाइ आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .