ad ad

राजनीति


‘राजनीतिले बाटो बिरायो, भ्रष्टाचारी न दलको हुन्छ, न त देशको’

‘राजनीतिले बाटो बिरायो, भ्रष्टाचारी न दलको हुन्छ, न त देशको’

फाइल फोटो


नेपालखबर
माघ १, २०७८ शनिबार २१:१५, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिले बाटो बिराएको भन्दै चिन्ता जनाएका छन्। 

भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७ औँ पदस्थापन समारोहमा नेता गुरुङले यसो भनेका हुन्। 

'नेपाली राजनीतिले बाटो बिराएको छ', उनले भने, 'नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या हुने गरेको छ। यो चिन्ताको विषय हो।'

उनले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका पनि बताएका छन्। 

प्रष्ट विचार र सहीलाई सही, गलतलाई गलत भन्नेहरूलाई हरेक राजनीतिक पार्टीमा पाखा लगाउने काम भएकोमा उनले दु:ख व्यक्त गरे। 

'मैले पनि बल्लबल्ल दुई मतले कांग्रेस उपसभापति जितेँ। मेरो राजनीतिक तथा व्यक्तिगत जीवनमा जीतहारले खासै अर्थ नराख्ला तर म उपसभापति नजितेको भए तपाईँहरू जस्ता सङ्घसंस्थाले पनि मलाई बोलाउनुहुन्न', उनले भने, 'समाजिक सङ्घसंस्थाले पनि पदलाई महत्व दिन थाल्नुभएको छ। यहीँबाट राजनीति बिग्रिन सुरु भएको हो।'

उनले भ्रष्ट भनेर चिनिएकालाई बहिष्कार गर्न पनि आग्रह गरे। 'भ्रष्टाचारी न दलको हुन्छ, न त देशको । ऊ जुनसुकै तहमा वा पार्टीको भए पनि भ्रष्टाचारी नै हो', उनले भने, 'अख्तियारले दोषी देखाएमात्रै भ्रष्टाचारी भन्ने होइन, कुनै पनि मान्छेको हैसियत अस्वाभाविक रूपमा वृद्धि हुन्छ भने त्यसतर्फ आम नागरिकले खोजीनीति गर्नुपर्छ।'

कार्यक्रममा नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष अनिलबहादुर शाहीले जेसिजमार्फत देशैभर नेतृत्व विकास र मानवीय सेवामा खेलेको भूमिकाको चर्चा गर्नुभयो । सो अवसरमा निर्वाचन आयुक्तसमेत रहनुभएका पूर्वअध्यक्ष ओमकुमार श्रेष्ठले जेसिज विधि र विधानमा हिँडेमा समस्या नहुने बताउनुभयो ।

कार्यक्रममा सिद्धार्थनगर पालिका उपप्रमुख उमा काफ्ले, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायत विभिन्न सङ्घसंस्थाका प्रमुखले समेत मन्तव्य राखे। 

सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहबाट गोपाल ज्ञवालीले कमल जिसीलाई नेतृत्व हस्तान्तरण गरेका छन्। कोरोनाको समयमा देशैभरका जेसिजका शाखामध्ये उत्कृष्ट काम गरेको भन्दै सिद्धार्थ जेसिजले सम्मान पनि पाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .