ad ad

खेल


म्यानचेस्टर सिटीसँग हार्यो चेल्सी, प्रिमियर लिग उपाधि होडमा झन् कमजोर

म्यानचेस्टर सिटीसँग हार्यो चेल्सी, प्रिमियर लिग उपाधि होडमा झन् कमजोर

नेपालखबर
माघ १, २०७८ शनिबार २०:४४, काठमाडौँ

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको चर्चित भिडन्तमा म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ।

म्यानचेस्टर सिटीको होम ग्राउन्डमा १-० को पराजय भोगेसँगै चेल्सी उपाधि होडबाट करिब बाहिरिएको छ। 

खेलको सुरुदेखि नै चेल्सीमाथि निरन्तर दबाब राखेको सिटीले केही गतिला अवसर पहिलो हाफमा गुमाएको थियो।

ज्या गार्लिसले चेल्सीका किपरलाई करिब छलिसकेर प्रहार गरेको बल गोलमा परिणत हुन सकेन। त्यस्तै अन्य कयौँ अवसर सिटीले खेर फालेको थियो।

खेलको पहिलो हाफ र दोस्रो हाफमा अधिकाशं समय बल आफ्नो नियन्त्रणमा राखेको सिटीले जित निकाल्न ७० मिनेटसम्म कुर्नुपर्यो।

खेलको ७० औँ मिनेटमा सिटीका केभिन डे ब्र्युनेले उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। 

यो पराजयसँगै यो सिजन लिग जित्ने थोमस टचेलको सपना पनि करिब तुहिएको छ। अघिल्लो सिजन सिटीलाई नै हराउँदै टचेलले चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। 

सिटीले यो जितपछि २२ खेलबाट ५६ अंक बनाउँदै अग्रता फराकिलो पारेको छ। उता पराजित चेल्सी भने समान २२ खेलबाटै ४३ अंकसहित लिगको दोस्रो स्थानमा छ।

२२ औँ चरणका खेल सकिँदा चेल्सी सिटीभन्दा १३ अंकले पछि परेको छ। उता दुई खेल कम खेलेको लिभरपुलको ४२ अंक छ। यी दुई खेल जितेमा लिभरपुलको ४८ अंक हुनेछ। यस्तोमा लिभरपुलले सिटीसँगको अंकदूरी ८ मा झार्न सक्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .