राजनीति


नेपालगञ्जमा प्रहरी विरुद्ध तरुण दलले प्रदर्शन गर्ने

नेपालगञ्जमा प्रहरी विरुद्ध तरुण दलले प्रदर्शन गर्ने

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार ३:४५,

कांग्रेस भातृ संगठन दरुण दलले सोमबार प्रहरी विरुद्ध नेपालगञ्जमा प्रदर्शनको तयारी गरेको छ।

तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित छ जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शन गर्न लागिएको तरुण दलले जनाएको छ।

प्रदर्शनका लागि गाउँ–गाउँबाट कांग्रेस कार्यकर्ता नेपालगञ्जमा भेला हुन थालेका छन्।

प्रदर्शनपछि हुने सभालाई कांग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, कांग्रेस केन्द्रीय सदस्य रञ्जितसिंह राठौर, कांग्रेस बाँकेकी सभापति किरण कोइराला, तरुण दल केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, बाँके अध्यक्ष वीरेन्द्रबहादुर शाहलगायतले सम्बोधन गर्ने बताइएको छ।

प्रहरीले १४ कात्तिकमा जानकी गाउँपालिका–६, गनापुरस्थित नमस्ते रिसोर्टबाट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई हतियारसहित पक्राउ गरेको थियो।

तर तरुण दलका नेताहरुले भने प्रहरीले षड्यन्त्रपूर्ण ढंगले आफ्ना नेतालाई फसाउन खोजेको आरोप लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad