हङकङ आन्दोलनमा गोली चल्यो, एक प्रदर्शनकारी घाइते

हङकङ आन्दोलनमा गोली चल्यो, एक प्रदर्शनकारी घाइते

मगेन्द्र राई
कात्तिक २५, २०७६ सोमबार ३:५७,

हङकङमा चलिरहेको आन्दोलनका क्रममा सोमबार बिहान गोली चलेको छ।

आन्दोलनकारीहरूले सोमबार बिहान सडक अवरोध, तोडफोड, आगजनी गर्न थालेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हाे।

69998523 831245047293244 8675769539180363776 n

स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार साई वान हो को सडकमा प्रदर्शनकारीहरूले अवरोध गरेपछि प्रहरीले खुलाउन खोज्दा झपड भएको थियो।

त्यस क्रममा प्रहरीले तीन राउन्ड गोली चलाएको हो। त्यसमध्ये एक गोली २१ वर्षीय प्रदर्शनकारीको पेटमा लागेको छ। घाइतेलाई इस्टर्न अस्पताल वाई चाईमा उपचार भइरहेको छ।

चिकित्सकहरूले घाइते लिभर र किड्नीको शल्यक्रिया सम्पन्न गरेका छन् भने गोली भने निकाल्न बाँकी नै छ। घाइतेको अवस्था चिन्ताजनक अवस्थामा रहेको चिकित्सकहरूले बताएका छन्।

74912308 1642817355853884 1313585218854060032 n

प्रदर्शनकारीहरूले रेल वे स्टेसनहरू र विश्व विद्यालयहरू तोडफोड, रेल स्टेसन र रेलभित्र आगजनी र प्रहरीलाई पेट्रोल बम प्रहार गरेका छन् भने प्रहरीले टियर ग्याससहित गोलीसमेत चलाएको छ।

आन्दोलनका क्रममा घाइते भएका हङकङ विश्व विश्द्यालय विज्ञान तथा प्रविधि विभागका २२ वर्षीय विद्यार्थी चोउ त्स्ज लोकको उपचारका क्रमममा गत शुक्रबार मृत्यु भएको थियो। त्यसपछि आक्रोशित अन्दोलनकारीहरूले ‘रगतको बदला रगत, ज्यानको बदला ज्यान’ लिने भन्दै आन्दोलन चर्काएको हो।

सोमबार बिहानैबाट सुरु हिंसात्मक अन्दोलनका क्रममा साई वान हो, चुङ क्वान ओ, वोङ ताई सिन, हुम होमलगायत स्थानहरूमा व्यापक झपड भैरहेको छ भने हङकङ विश्वविद्यालय, पोलिटेक्निक विश्वविद्यालय, ओपन विश्वविद्यालय, चाइनिज विश्वविद्यालयहरूमा तनाव उत्पन्न भएछि पठनपाठनसमेत बन्द गरिएका छन्।

75398351 2325749234200717 6361642044858826752 n 1

हिंसात्मक झपडपछि क्वाई हिङ, साई वान हो, वाम पो आ, तिङ चुङ, क्वाई फोङलगायत धरै रेल स्टेसन बन्द भएका छन् भने रेल सञ्चालकले बिनासूचना कुनै पनि रेल सेवा तत्काल बन्द हुन सक्ने जानकारी गराएको छ।

सोमबारको स्थिति थप त्रासादीपूर्ण हुन सक्ने अनुमान गरिएको छ। राजनीतिक समस्या समाधान गर्न सरकारले व्यापक रूपमा प्रहरी परिचालन गरेपछि स्थिति थप जटिल हुँदै गएको छ। कुनै बेला एसियाकै सर्वश्रेष्ठ प्रहरी सेवाको ख्याति कमाएका हङकङ प्रहरी निकै आलोचित हुँदै गएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .