राजनीति


नेकपा सचिवालय बैठक साेमबार

नेकपा सचिवालय बैठक साेमबार

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार १४:१०,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठक सोमबार बस्ने भएको छ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा आइतबार भएको छलफलपछि सोमबार सचिवालय बैठक डाकिएको नेकपाले जनाएको छ। बैठकमा पार्टी एकताकाे टुंगो लगाउनेलगायत विषयमा छलफल हुनेछ।

२०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भइ नेकपा बनेपनि अझै अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन भएको छैन। पार्टीको पोलिटव्युरो गठन र केही केन्द्रीय समितीको समेत जिम्मेवारी वाँडफाँड हुन सकेको छैन। सोमबारको बैठकले ती सबै विषयको टुंगो लगाउने गरी तयारी गरिएको बताइएको छ।

बैठकमा मन्त्रिमण्डल पुनर्गठन र उपनिर्वाचनको तयारीका विषयमासमेत छलफल हुने जनाइएकाे छ। प्रधानमन्त्री ओली र प्रचण्डबीच आइतबार अपरान्ह सोही विषयमा छलफल भएको थियो।

शनिबार प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयका सबैलाई राजीनामा दिन निर्देशन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad