आइतबारको उद्घाटन समारोहमा सिद्धुले पाकिस्तानी प्रधानमन्त्री इमरान खानकै अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरे।
हालै भारतीय सिखलाई पाकिस्तानले पाकिस्तानको करतारपुर कोडिरोडर जान भिषारहित निःशुल्क प्रवेशाज्ञा प्रदान गरेको थियो।
करतारपुर करिडोरस्थित गुरुद्वारा दरबार साहिब सिखहरुको धार्मिक स्थल मानिन्छ।
पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार पाकिस्तानलाई धन्यवाद दिएका थिए।
सिद्धुले उक्त समारोहमा मोदीको बारेमा भने,‘राजनीतिक तवरमा म काँग्रेस पार्टीको हुँ। वैचारिक र राजनीनिक दृष्टिकोणका हिसाबले म मोदीको विपक्षी हुँ तर करतारपुर कोरिडोर जोड्न खेलेको भूमिकामा म मोदीलाई धन्यवाद दिन चाहन्छु। म उहाँलाई अंकमाल गर्न चाहन्छु।’
उक्त सभामा सिद्धुले पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पनि प्रशंसा गरेका थिए। सिद्धुले इमरान खान आफ्नो नजिकको मित्र भएको बताएका थिए। एजेन्सी

प्रतिक्रिया