ad ad

राजनीति


गणेशमानलाई कम्युनिस्ट सरकारले बेवास्ता गरेको कांग्रेस नेताको आरोप

गणेशमानलाई कम्युनिस्ट सरकारले बेवास्ता गरेको कांग्रेस नेताको आरोप

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ७:१२,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री तीर्थमान डंगोलले गणेशमान सिंहजस्ता राजनेताहरुको स्मृति दिवस मनाउन सरकारसँग माग गरेका छन्।

कांग्रेस नेता डंगोलले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले वामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जनआन्दोलन सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका गणेशमान सिंहलाई बेवास्ता गरेको आरोप लगाए।

बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाजस्ता राजनेतालाई स्मरण गरेर अघि बढे मुलुकले राम्रो दिशा पाउने उनको भनाई थियो। गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले २०४६ सालको जनआन्दोलनका सुप्रिम कमान्डर सिंहको १०५ औं जन्मजयन्तिको अवसर पारेर आइतबार काठमाडौंको शान्ति वाटिकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता डंगोलले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सरकार आफैँले औपचारिक कार्यक्रम आयोजना गर्नुपर्ने पनि बताए।

त्यस अवसरमा काग्रेस नेता ध्यानगोविन्द रञ्जितले पनि नेपालमा प्रजातन्त्र पुनर्वहालीका लागि गणेशमान सिंहले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गरेका थिए।

वामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जन आन्दोलनलाई सफल बनाउन सुप्रिम कमाण्डरको भूमिका निर्वाह गरेका स्वर्गीय गणेशमान सिंहलाई नेपाल राष्ट्रले सर्वमान्य नेताको रुपमा स्मरण गर्दै आएको छ। उनको देशप्रतिको निःश्वार्थ र समपर्ण भाव अनुसार नेताहरु अघि बढे मुलुकले राम्रो दिशा पाउने कांग्रेस नेताहरुको दावी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .