पार्टीका सर्लाही ईञ्चार्ज कुमार पौडेलको प्रहरीको गोलीबाट मृत्यु भएपछि शुक्रबार एक विज्ञप्तीमार्फत् महासचिव विप्लवले यस्तो निर्देशन दिएका हुन्।
केपी शर्मा ओली नेतृत्वको सरकारले देशभर बर्बरतापूर्वक हत्या–अभियान सञ्चालन गरेको भन्दै उनले संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन्।
त्यसमा नेपाल बन्द (१० असार) लगायत छन्। त्यसअघि प्रचार–प्रसार, कोणसभा र घरदैलो लगायतका कार्यक्रम छन्।
‘केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई भिडन्ततिर धकेल्ने र मुठभेडका नाममा निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्ने गरेको आरोप लगाएका सर्लाही ईञ्चार्ज पौडेलको हत्यालाई पनि यसै कोटीमा राखेका छन्।
राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाहीको लालबन्दी–१ लखन्ती खोलामा जिल्ला इन्चार्ज पौडेललाई नियन्त्रणमा बर्बरतापूर्वक हत्या गरिएको दावी विप्लवको छ।
‘जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ’ विप्लवले भनेका छन्, ‘हाम्रो पार्टी सरकाको त्यो दावी खारेज गर्दछ।’
उनले सो घटनाको निष्पक्ष छानविनका लागि नागरिक समाज लगायतलाई आग्रहपनि गरेका छन्। र, उनलाई शहीद घोषणा गर्दै क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया