नेपाली कांग्रेसको खुल्ला तर्फ केन्द्रीय सदस्यको मत गणना सम्पन्न भएको छ।
निर्वाचन समितिले मतपरिणाम सार्वजनिक गरेको छ। जस अनुसार सबैभन्दा धेरै मत डा. शशांक कोइरालाले पाएका छन्।
शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै प्यानलमा रहेका उनले त्यसको भरपूर फाइदा लिएका छन्।
उनले दुईतिहाइभन्दा धेरै अर्थात ३८३६ मत ल्याउँदै उनी केन्द्रीय सदस्य भए।
त्यसपछि एनपी साउदले दोस्रो लोकप्रिय मत २९३७ ल्याउन सफल भए। तेस्रो नम्बरमा रहेका गृहमन्त्री बालकृष्ण खाँणले २८७९ मत ल्याएका छन्।
चौथो नम्बरका उदय शमशेर जबराले २८४३ मत ल्याउन सफल भए। त्यस्तै अर्को लोकप्रिय मत २८३२ ल्याउँदै पाँचौँ स्थानमा रहे।
सर्वाधिक मतसहित शशांक पहिलो हुँदा ३५ औँ नम्बरमा १७०७ मतसहित कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन्।
396
Shares
प्रतिक्रिया