ad ad

राजनीति


उपसभापतिको मत गनिँदै, सुनसान छ कांग्रेस मुख्यालय सानेपा (तस्बिरहरु)

उपसभापतिको मत गनिँदै, सुनसान छ कांग्रेस मुख्यालय सानेपा (तस्बिरहरु)

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा तैनाथ सुरक्षाकर्मी। तस्बिर : विक्रम राई/नेपालखबर


विक्रम राई
मंसिर २९, २०७८ बुधबार १८:३, काठमाडौँ

नेपाली कांग्रेसमा चौधौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि मतदान भइसकेको छ।

सभापतितर्फ शेरबहादुर देउवा दोहोरिइसकेका छन्। यस्तोमा बुधबारदेखि उपसभापति पदको मतगणना हुँदैछ।

सभापति पदको मतगणना राष्ट्रिय सभागृहमै भइसकेको छ। तर उपसभापतिसहित अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मत पार्टी मुख्यालय सानेपामा गनिँदैछ।

सबैभन्दा पहिले बुधबार साँझदेखि उपसभापति पदको मन गन्न लागिँदा सानेपा सुनसान छ। महाधिवेशनको मतदान सकिएर सभापतिको परिणाम आएसँगै प्रतिनिधिहरु जिल्ला फर्किन थालेका छन्। 

 यस्तोमा सभापति पदको मत गन्दा राष्ट्रिय सभागृहमा नाराबाजी र नाचगान गर्ने कार्यकर्ता सानेपामा एकजना पनि छैनन्।

त्यहाँ निर्वाचन समितिका पदाधिकारी, ६ जना उपसभापतिका प्रतिनिधि, पत्रकार र प्रहरी मात्रै देखिन्छन्। 

कार्यकर्ताबिनाको सुनसान सानेपामा निर्वाचन समितिले मत गन्न लागेको छ। उपसभापतिसहितका पदाधिकारी र केन्द्रीय सदस्यका लागि मत खसेका ८४ वटा पानी ट्यांकी सोमबारै सानेपा लगिएको थियो। 

अहिले ६ जना प्रतिस्पर्धीका प्रतिनिधिलाई राखेर निर्वाचन समितिले मुचुल्का उठाइसकेको छ।  निर्वाचन समितिले सानेपाका तीन ठाउँमा मत गन्ने तयारी गरेको छ। 

नयाँ कार्यकालको उपसभापतिमा शेरबहादुर देउवा प्यानलबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार मैदानमा छन्।

उता शेखर कोइरालाको प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङ उठेका छन्। 

यस्तै प्रकाशमान सिंहको समूहबाट सुजाता कोइराला उपसभापतिमा उठेकी छन् भने महेश आचार्यले एक्लै उपसभापतिमा उम्मेदवारी दिएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .