नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहामा भइरहेको चुनावमा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीको पक्षले अध्यक्षका अर्का उम्मेदवार भीम रावल पक्षका उम्मेदवारलाई भोट नहाल्न भन्दै उर्दी जारी गरेको पत्ता लागेकाे छ।
प्यानल नबनाई चुनाव लड्ने घोषणा गरिएकामा ओली पक्षले भने पर्चा र मोबाइल म्यासेजमार्फत प्रतिनिधिहरूलाई आफ्ना पक्षमा भोट हाल्न र रावल पक्षलाई नहाल्न निर्देशन दिएको हो।
‘भोट नहाल्ने नामावली’ शीर्षकको पर्चा बनाएर अध्यक्ष पदका उम्मेदवार भीम रावल, उपाध्यक्ष पदका उम्मेदवार घनश्याम भुसाल, सचिव पदका उम्मेदवार भीम आचार्यलगायत ११ जनाको नाम उल्लेख गरिएकाे छ।
पर्चाको स्वतन्त्र पुष्टि हुन नसके पनि एक जना महाधिवेशन प्रतिनिधिले भने ओली पक्षले सूचीसहित भोट नहाल्न भन्दै आफूलाई मोबाइलमा म्यासेज पठाएको नेपालखबरलाई जानकारी दिएका छन्।
अनिवार्य रुपमा फलानो फलानोलाई भोट हाल्न र फलानो फलानोलाई मत नहाल्न भनेर म्यासेज पठाइएको एमालेका केन्द्रीयसमेत रहेका उनले बताए।
‘बाहिर बादल र टोपबहादुरई हराउने चर्चा चलेको रहेछ, त्यो साँचो होइन’, नेपालखबरको जिज्ञासामा ती केन्द्रीय सदस्यले भने, ‘म्यासेज नै पठाएर जिताउने लिस्ट पठाइएको छ।’
यो पनि : एमालेको नयाँ नेतृत्व चयन गर्न मतदान सुुरु, अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म प्रतिस्पर्धा
Shares
प्रतिक्रिया