ad ad

राजनीति


गृहमन्त्री लेखकसँग पूर्वसांसदले भने : जनताकै काममा छौँ, न्यूनतम सुविधा दिनुपर्‍यो

गृहमन्त्री लेखकसँग पूर्वसांसदले भने : जनताकै काममा छौँ, न्यूनतम सुविधा दिनुपर्‍यो

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १८:३, काठमाडौँ

पूर्वसांसद मञ्चले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेको छ। पूर्व सांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार गृह मन्त्रालय पुगेर मन्त्री लेखकसँग भेटवार्ता गरेको हो।

पूर्वसांसद मञ्चका अध्यक्ष श्रेष्ठले गृहमन्त्री लेखकलाई बधाइका साथै सफल कार्यकालको शुभकामना दिएको बताए।

‘उहाँको कार्यकाल सफल होस्। राम्रोसँग काम गर्नुहोस्। अहिलेको अस्तव्यस्ताबाट निकास निकाल्न सफल हुनुहोस् भनेर शुभकामना दिएका छौं,’ उनले भने, ‘पूर्व सांसद मन्च संसदको सल्लाहकार समिति हो। संसदले पनि सल्लाहकार संस्थाका रुपमा स्वीकृत दिएको छ।’

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पूर्व सांसद मञ्चलाई गृहमन्त्रालयको राष्ट्रिय निर्देशन ऐन अनुसार दर्ताको व्यवस्था मिलाइ दिन पूर्व सांसदहरुले माग राखेका थिए।

साथै पूर्वसांसदहरुले निरन्तर जनताको काममा रहेको भन्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउन पनि उनीहरूको माग थियो।

पूर्व सांसद मन्चको माग सम्बोधनका लागि कोशिस गर्ने गृहमन्त्री लेखकले आश्वासन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .