ad ad

राजनीति


ओलीले छाने १९ पदाधिकारी, भीम रावल र घनश्याम भुसाल अटाएनन्

ओलीले छाने १९ पदाधिकारी, भीम रावल र घनश्याम भुसाल अटाएनन्

नेपालखबर
मंसिर १३, २०७८ सोमबार ५:४३, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारी छनोट गरेका छन्। सोमबार बिहान साढे ३ बजे ओलीले पदाधिकारीको नाम एमाले महाधिवेशनको बन्दसत्रमा बाचन गरेका हुन्।

जसमा अध्यक्ष केपी ओली, वरिस्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुरेन्द्र पाण्डे र सुवास नेम्बाङ छन्। 

त्यसैगरी महासचिवमा शंकर पोखरेल छानिएका छन्। उपमहासचिवहरुमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन्।

सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छनोट भएका छन्।

ओलीले छनोट गरेका पदाधिकारीलाई हलले पारित गरेको छ। यसअघि ओलीले तीन सय एक जनाको नाम केन्द्रीय कमिटीका लागि सार्वजनिक गरेका थिए।

एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष र उपमहासचिव जित्ने क्रमशः भीम रावल र घनश्याम भुसाललाई भने ओलीले पदाधिकारीमा समेटेका छैनन्। 

एमालेमा रावल अध्यक्षको दाबेदार छन् भने भुसाल उपाध्यक्षका दाबेदार हुन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .