राजनीति


पूर्वमन्त्री धनिरामलाई सम्झँदै योगेशले भनेः इमान्दार र वर्गप्रति प्रतिवद्ध नेता

पूर्वमन्त्री धनिरामलाई सम्झँदै योगेशले भनेः इमान्दार र वर्गप्रति प्रतिवद्ध नेता

नेपालखबर
असार ६, २०७६ शुक्रबार ६:१५,

 सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराईले पूर्वमन्त्री धनिराम पौडेलको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताएका छन्।

पूर्वमन्त्री पौडेलको सम्झनामा शुक्रबार नेकपाको विद्यार्थी संगठन अनेरास्वविययुले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले आफूले असल सहकर्मी गुमाएको बताए।

अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका पौडेलको जेठ ३१ गते चितवनको माडीमा स्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको थिय‍ो।

‘हामीले विद्यार्थी आन्दोलनमा लामो समय सहकार्य गर्यौ’, पौडेललाई सम्झँदै नेता भट्टराईले भने, ‘उहाँ असाध्यै निष्ठावान, इमान्दार र वर्गप्रति प्रतिवद्ध नेता हुनुहुन्थ्यो।’

नेकपाका अर्का नेता लिलामणि पोखरेलले पौडेल अवसर पाएर पनि बेइमान नबनेका एक असल र क्रान्तिकारी योद्धा भएको बताए। ‘उहाँ एक असाध्यै अध्ययनशील, क्षमतावान र कर्मठ नेताको रुपमा विकास भइरहनुभएको थियो’, उनले भने, ‘उहाँको निधनबाट हामीले एउटा असल योद्धा गुमायौँ।’

कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी( का पूर्वअध्यक्ष रमेश मल्ल, संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले पौडेलको आन्दोलन, जीवनी र योगदानका बारेमा प्रकाश पारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad