ad ad

राजनीति


धनुषाका ७ वटा प्रदेश क्षेत्रमा काँग्रेसको अधिवेशन सम्पन्न, एउटामा आज निर्वाचन

धनुषाका ७ वटा प्रदेश क्षेत्रमा काँग्रेसको अधिवेशन सम्पन्न, एउटामा आज निर्वाचन

शैलेन्द्र महतो
मंसिर ११, २०७८ शनिबार ११:५६, काठमाडौँ

नेपाली काँग्रेस धनुषाको चारवटा प्रतिनिधि सभा क्षेत्र अन्तर्गत ८ प्रदेश सभा क्षेत्रमध्ये ७ वटाको अधिवेशन सम्पन्न भएको छ ।

बिहीबार र शुक्रबार गरी जिल्लाको ७ वटा प्रदेश सभा क्षेत्रको अधिवेशन सकिएको काँग्रेसका धनुषा उपसभापति सन्तोष यादवले जानकारी दिए ।

उनका अनुसार धनुषाको प्रतिनिधि सभा क्षेत्र अन्तर्गत  प्रदेश क्षेत्र नं. १ (क) को सभापतिमा जगत सुन्दर साह र (ख) मा ऋषिकेश लामा निर्वाचित भएका छन् । 

प्रदेश क्षेत्र नं. २ (क) मा सुमेद साह निर्वाचित भएका छन् भने (ख) क्षेत्रमा आज निर्वाचन हुँदै छ । यस क्षेत्रमा सुदेश चौधरी र सुचितलाल मरिक सभापतिमा उम्मेदवारी दिएका छन् ।

प्रदेश निर्वाचन क्षेत्र ३  (क) मा छेदी राउत र (ख) मा रामचन्द्र पजियार निर्वाचित भएका छन् भने ४ (क) मा योगनारायण यादव र (ख) बासुदेव पौडेल निर्वाचित भएको उनले जानकारी दिए ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .