दुई महिनाअघिको भन्दा यो १० गुणा बढी उत्पादन हो। सन् २०१५ को आणविक सम्झौताबाट संयुक्तराज्य अमेरिका बाहिरिएपछि इरानले आणविक प्रयोजनका लागि सुधारिएको युरेनियम उत्पादनलाई तिब्र बनाएको छ।
इरानले दुई वटा नयाँ अत्याधुनिक सेन्ट्रीफ्युज पनि विकास गरेको जनाएको छ। तीमध्ये एउटाको परीक्षण भइरहेको छ।
इरानका आणविक ऊर्जा संस्थाका प्रमुख अलि अकबरले मध्य इरानको नतान्ज केन्द्रबाट युरेनियमसँग सम्बन्धित कार्यहरु तिब्र गतिमा भइरहेको एएफपीलाई जानकारी दिए।
इरानी आणविक कार्यक्रमप्रति असहमति जनाएको अमेरिकी ट्रम्प प्रशासनले इरानविरुद्ध हाल कडा आर्थिक तथा राजनीतिक प्रतिबन्ध लगाएको छ।
सोमबारको घोषणाले अमेरिकालाई धक्का पुग्ने विश्वास गरिएको छ।


प्रतिक्रिया