समाज


त्रिभुवन विश्वविद्यालयका उपकूलपति बाँस्कोटाद्वारा पदभार ग्रहण

त्रिभुवन विश्वविद्यालयका उपकूलपति बाँस्कोटाद्वारा पदभार ग्रहण

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार १३:२८,

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकूलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले सोमबार पदबहाली गरेका छन्।

आइतबार प्रधानमन्त्री तथा कूलपति केपी शर्मा ओलीले उनलाई उपकूलपतिमा नियुक्त गरेका थिए। सोमबार सो नियुक्त पत्र बुझेर उनले कीर्तिपुरस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। त्यस अवसरमा उनले सो विश्वविद्यालयलाई विश्वकै एउटा उत्कृष्ट विश्वविद्यालयको रुपमा विकास गर्न मन, धन र कर्मले लागि पर्ने प्रतिवद्धता व्यक्त गरे। उनले सो विश्वविद्यालयको साखलाई उचो राख्ने काममा कुनै पनि कसर बाँकी नराख्ने दृढता पनि व्यक्त गरे।

_KT_0040.jpg

पदभार ग्रहण समारोहमा नवनियुक्त उपकूलपति बाँस्कोटालाई विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले स्वागत गरेका थिए।

_KT_0085.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad