प्रहरीका अनुसार शनिबार भएको बिस्फोटबाट प्राथमिक स्कुलका नौ जना बालबालिकाको मृत्यु भएको छ।
यो बिस्फोट अफगानिस्तानको तखार प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा भएको थियो। अफगानिस्तानमा शनिबार पनि स्कुल खुल्ने गर्दछ।
प्रान्तीय प्रहरीका प्रवक्ता खलिल आसिरले तखार प्रान्तमा तालिबान निकै सक्रिय रहेको जानकारी दिँदै सरकारी फौजले प्रान्तमा पछिल्लो समय सुरक्षा कारबाहीलाई तिब्र बनाएको बताए। उनले सरकारी फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याएको हुन सक्ने सिन्ह्वासँग बताएका छन्।
उक्त घटनामा मारिएका बालबालिका ९ देखि १२ वर्षका रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता आसिरले मारिने चार जना बालबालिका तालिबान समूहमा आबद्ध परिवारकै रहेको जानकारी दिए।
तालिबानले भने उक्त घटनाका बारेमा केही बताएको छैन।

प्रतिक्रिया