राजनीति


कास्की-३ मा देउवा पक्षीय मनोज विजयी

कास्की-३ मा देउवा पक्षीय मनोज विजयी

वाशुदेव मिश्र
मंसिर ७, २०७८ मंगलबार १८:५५, काठमाडौँ

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ को सभापतिमा ३ सय ८३ मतसहित मनाेज गुरुङ विजयी भएका छन्। उनी पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्। 

प्रतिस्पर्धी खिमलाल बास्तोलाले ३ सय १७ मत प्राप्त गरे।

तरुण दल कास्कीको सभापतिसमेत रहेका मनोजले १३ औं महाधिवेशनमा पनि क्षेत्रीय सभापतिमा प्रतिस्पर्धा गरेका थिए।

सचिवमा मनोज समूहकै मेखबहादुर तामाङले ३ सय ४३ मतसहित विजय प्राप्त गरे भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका लक्ष्मीप्रसाद पौडेलले ३ सय २७ मतसहित विजयी बने। 

सहसचिवमा मनोज समूहका सितल अधिकारी र आइन्दल गुरुङले बाजी मारे। उनीहरुले क्रमशः ३ सय ६५ र ३३४ मत प्राप्त गरे। 

कास्की क्षेत्र नम्बर ३ मा  ७ सय ३६ मतदाता रहेकोमा ७ सय २६ मत खसेको थियो।

कास्की क्षेत्र नम्बर १ र २ मा भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर राजेन्द्रमणि लामिछाने र केशरप्रसाद निर्दोषी विजयी बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .