राजनीति


दिवान विष्टको क्षेत्रमा रमेश लेखकको प्यानल पराजित

दिवान विष्टको क्षेत्रमा रमेश लेखकको प्यानल पराजित

गोकुल जोशी
मंसिर ७, २०७८ मंगलबार १६:१, काठमाडौँ

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा नेता रमेश लेखकको प्यानल पराजित भएको छ। 

मतपरिणाम अनुसार क्षेत्रीय कार्यसमितिमा नेता दिवान विष्टको प्यानलले लेखक प्यानललाई पराजित गरेको हो। 

क्षेत्र नम्बर १ मा लेखक प्यानलका सबै उम्मेदवार पराजित भएको नेता कांग्रेस नेता बिसराम रानाले बताए।

क्षेत्र नम्बर १ का दिवान विष्ट प्यानलका गोपी प्रसाद उपाध्याय क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। उनले २६७ मत ल्याएका छन्।

उपाध्यायले लेखक प्यानलका उम्मेदवार हरिशचन्द ठकुरीलाई पराजित गरेका हुन। ठकुरीले २२९ मत ल्याए।

सचिवमा दिवान प्यानलका बिसराम राना र पदम बहादुर रोकाया विजयी भएका छन्। उनीहरु क्रमशः ३४७ र २७३ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी लेखक प्यानलका हरि प्रसाद भट्टले २२१ मत मात्रै प्राप्त गरे। 

सहसचिवमा दिवान प्यानलका सुरेन्द्र राना २७० र हर्क बहादुर बिष्ट २६० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी लेखक प्यानलका तीर्थराज उपाध्यायले २१४ र जयबहादुर कुँवरले १८७ मत मात्रै ल्याउन सके।

कञ्चनपुरमा एनपी र दिवान मिल्दा रमेश कमजोर!

साउदको क्षेत्रमा लेखक प्यानलका महाधिवेशन प्रतिनिधि पनि ‘क्लिन स्वीप’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad