राजनीति


कास्की क्षेत्र नम्बर १ र २ का नवनिर्वाचित कांग्रेस सभापति

कास्की क्षेत्र नम्बर १ र २ का नवनिर्वाचित कांग्रेस सभापति

फाइल तस्बिर : कास्की निर्वाचन क्षेत्र नम्बर १ का नवनिर्वाचित कांग्रेस सभापति राजेन्द्रमणि लामिछाने (बायाँ) र २ का केशवप्रसाद निर्दाेषी।


वाशुदेव मिश्र
मंसिर ७, २०७८ मंगलबार १०:४, काठमाडौँ

नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी भएका छन्। 

उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन्। उनीसँग बुद्धिमान गुरुङले प्रतिस्पर्धा गरेका थिए। 

यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसको सभापति पदमा केशवप्रसाद निर्दोषी विजयी भएका छन्।

प्रतिस्पर्धी पुण्डरीप्रसाद बराललाई हराएर उनी कांग्रेसको क्षेत्र नम्बर २ सभापति बन्न सफल भएका हुन्। 

कास्की कांग्रेसमा केन्द्रमा जस्तो गुट नभए पनि आफूअनुकूलका नेताहरूको प्यानल बनाइएको थियो। 

यस्तै कास्की क्षेत्र नम्बर ३ मा कांग्रेस सभापतिका लागि मनोज गुरुङ र खिमलाल बास्तोलाबीच प्रतिस्पर्धा भएको छ। चुनावको अन्तिम नतिजा आइसकेको छैन।

यी पनि

–​​कांग्रेस महाधिवेशन प्रतिनिधि चुनाव : कास्की २ मा खुलातर्फ दुई मन्त्रीसहित व्यवसायी किरण केसी विजयी

–​कांग्रेस महाधिवेशन प्रतिनिधि चुनाव : मुख्य सचिव पौडेलसहित चर्चित नेताले हारे

–​कांग्रेस महाधिवेशन प्रतिनिधि : ललितपुर–३ मा खुलातर्फ तरुण दलका अध्यक्ष बस्नेतसहित ११ जना चयन (सूची)

–​​गृहमन्त्री खाँणका निजी स्वकीय सचिव कांग्रेस महाधिवेशन प्रतिनिधिमा हारे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .