राजनीति


आगामी निर्वाचन चितवनबाटै लड्छु : प्रचण्ड

आगामी निर्वाचन चितवनबाटै लड्छु : प्रचण्ड

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार ९:४०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार साँझ उद्घाटन गर्दै प्रचण्डले यस्तो घोषणा गरेका हुन्।

उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको दाबी गरे। ‘यहाँ अझै धेरै काम गर्नु छ। त्यसैले आगामी निर्वाचनममा पनि म चितवन क्षेत्र नं ३ बाटै उम्मेदवार बन्छु,’ प्रचण्डले भने।

भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै प्रचण्डले यसलाई अझ उचाइमा पु¥याउनका लागि आफू लागिपर्ने बताए। भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे। ‘चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ’, उनले भने।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई–मधेश कार्यक्रमअन्तर्गत आयोजनाहरु सुरु गरिएको बताइन्। उनले भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्। 

भरतपुर र माडी क्षेत्रमा चार अर्बको लगानीमा सिंचाई आयोजनाहरु निर्माण गरिने उनको भनाई थियो। किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उनले बताइन्। 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो।
 
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार सो क्षेत्रमा चार करोडको लागतमा पाँच डिपट्युबेल प्रणाली निर्माण गरिएका छन्। यसबाट २०० हेक्टर जमिन सिञ्चित हुने छ। 

जिल्लाका विभिन्न क्षेत्रमा कार्यालयले १७ ट्युबेल प्रणाली निर्माण गरिसकेको छ । ती ट्युबेल निर्माण गर्न १३ करोड ६० लाख खर्च भएको स्याङ्बोले बताए। नयाँ निर्माण गरिएका ट्युबेलले ८७७ हेक्टर जमिन सिञ्चित भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .