राजनीति


कांग्रेस महाधिवेशन प्रतिनिधि : ललितपुर–३ मा खुलातर्फ तरुण दलका अध्यक्ष बस्नेतसहित ११ जना चयन (सूची)

कांग्रेस महाधिवेशन प्रतिनिधि : ललितपुर–३ मा खुलातर्फ तरुण दलका अध्यक्ष बस्नेतसहित ११ जना चयन (सूची)

फाइल तस्बिर : तरुण दलका अध्यक्ष जितजंग बस्नेत


नेपालखबर
मंसिर ७, २०७८ मंगलबार ९:१, काठमाडौँ

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत महाधिवेशन प्रतिनिधि चयन भएका छन्। 

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका बस्नेत ललितपुर क्षेत्र नम्बर ३ बाट खुलातर्फ विजयी भएका हुन्।  

महाधिवेशन प्रतिनिधि खुलातर्फ २ सय ७८ मत ल्याएर बस्नेतले जितेका हुन्।

ललितपुर–३ बाट खुलातर्फ अन्यमा उत्तम जोशी, जीतनारायण श्रेष्ठ, टंकनाथ पौडेल, राजेश्वर खनाल, केशव महर्जन, मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, देवेन्द्र गुरुङ, ईश्वरी लौडारी र प्रकाश अधिकारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .