राजनीति


कांग्रेस महाधिवेशन प्रतिनिधि चुनाव : मुख्य सचिव पौडेलसहित चर्चित नेताले हारे

कांग्रेस महाधिवेशन प्रतिनिधि चुनाव : मुख्य सचिव पौडेलसहित चर्चित नेताले हारे

फाइल तस्बिर : कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल।


नेपालखबर
मंसिर ७, २०७८ मंगलबार ८:२२, काठमाडौँ

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा पार्टीकाे केन्द्रीय कार्यालयका मुख्य सचिवसहित केही चर्चित नेताहरू पनि हारेका छन्। 

काठमाडौं क्षेत्र नम्बर ७ मा सम्मपन्न महाधिवेशन प्रतिनिधि चयनकाे चुनावमा कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलसहित केही चर्चित नेता हारेका हुन्। 

निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार मुख्य सचिव पाैडेलसहित आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डेय, नेविसंघका पूर्वमहामन्त्री सरोज थापा, केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसी र डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत खरेल महाधिवेशन प्रतिनिधि चयन हुन नसकेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .