ad ad

राजनीति


चितवनमा हुने महाधिवेशनका लागि केपी ओलीले निम्तो दिएका छन्, जवाफ दिन बाँकी छ: प्रचण्ड

चितवनमा हुने महाधिवेशनका लागि केपी ओलीले निम्तो दिएका छन्, जवाफ दिन बाँकी छ: प्रचण्ड

नेपालखबर
मंसिर ६, २०७८ सोमबार ९:३९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको महाविधेशनमा आउन निम्ता पठाएको तर यसमा सहमति जनाइनसकेको बताएका छन्।

सोमबार बिहान गृहजिल्ला चितवनको टाँडीमा अगुवा कार्यकर्ता  भेटघाट तथा प्रशिक्षण  कार्यक्रममा उनले एमालेका तर्फबाट महाधिवेशनको निम्ता आएको तर आफूले यसबारे निर्णय गर्न बाँकी रहेको जानकारी दिएका हुन्। 

आफू र आफ्नो पार्टीलाई सिध्याउन केपी ओलीले चितवनमा महाधिवेशन गर्न लागेको भए पनि आफूले निम्ता दिन आउनेलाई ‘चितवनलाई के विधि माया गर्नुभएको’ भनेर जवाफ दिएको प्रचण्डले सुनाए। 

‘चितवनमा (महाधिवेशन) ल्याउनुको मक्सद माओवादी सिध्याउनु, तर मैले भनेको छु्– केपीजीलाई धन्यवाद भनेको छु’, प्रचण्डले भने, ‘यो विषयमा चितवनमा ल्याइदिनुभयो, यहाँका जनतालाई फाइदा हुने भयो, व्यवसायीले अलिकता भए पनि नाफा कमाउन पाउने भए, नेपालमा चितवन नै हो मुख्य भनेर बनाइदिनुभयो भनेर भन्द्याछु मैले।’

उनले अगाडि भने, ‘अस्ति मलाई निम्ता गर्न आउनुभो फेरि, वक्ताका रूपमा भन्नुभाछ, म अहिले त्योबारे बोल्दिनँ पार्टीमा सल्लाह गर्नुपर्छ भनेँ. वक्ताको रूपमा चिठी लिएर आउनुभो एक जना लिडर, कति धेरै माया गर्या हो चितवनलाई! यति धेरै माया नगर्नु है माया बोक्नै नसक्ने हुन लाग्यो भन्याछु मैले।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .