राजनीति


कांग्रेस महाधिवेशन : रुपन्देहीका सबै क्षेत्रीय सभापति दोहोरिने दाउमा, कसको सम्भावना कति?

कांग्रेस महाधिवेशन : रुपन्देहीका सबै क्षेत्रीय सभापति दोहोरिने दाउमा, कसको सम्भावना कति?

फाइल तस्बिर


सुदीप भण्डारी
मंसिर ५, २०७८ आइतबार १५:११, बुटवल

रुपन्देहीका ५ जना कांग्रेस क्षेत्रीय सभापति फेरि दोहोरिने दाउमा छन्। सोमबार हुन लागेको कांग्रेसको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा पुरानै अनुहार दोहोरिने कसरतमा जुटेका हुन्। 

क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चुनिने भएकाले चुनावी राप झन् बढेको छ। क्षेत्रीय पदाधिकारी, सदस्य तथा महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरू चुनावी प्रचारमा लागेका छन् । 

अर्को कार्यकालका दोहोरिन चाहेका क्षेत्रीय सभापतिहरूले प्रदेश सभा क्षेत्रीय अधिवेशन हेरेर आफ्नो जित-हारको अनुमान गरिसकेका छन् । 

जिल्लाको पूर्वी भेगस्थित रुपन्देही क्षेत्र नम्बर १ वर्तमान क्षेत्रीय सभापति हिराबहादुर केसी दोहोरिने तयारीमा छन्। 

देवदह नगरपालिकाका मेयर केसी कांग्रेसमा शेरबहादुर देउवा पक्षका हुन् । उनीसँग प्रतिस्पर्धामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका विश्वनाथ यादव मैदानमा छन् । यादव बाह्रौं महाधिवेशनको कार्यकालका क्षेत्रीय सभापति हुन्। 

हालै भएको प्रदेश सभाको क्षेत्रीय अधिवेशनमा दुवै क्षेत्रमा देउवा पक्षका उमेदवार प्यानलसहित विजयी भएका थिए। त्यहीकारण उनी जित्ने आशामा छन्। 

क्षेत्र नम्बर २ मा पनि वर्तमान सभापति हरि लम्सालले प्रदेश क्षेत्रको नतिजा हेरेर अर्को कार्यकाल दोहोरिन सहज ठानेका छन्। 

रुपन्देही २ मा दुवै प्रदेश क्षेत्रमा पौडेल पक्ष अर्थात लम्सालको प्यानलले बाजी मारेको थियो। पत्रकारिता पृष्ठभूमिबाट आएका लम्सालका प्रतिस्पर्धी मजदुर संगठनबाट उदाएका काजीमान ​श्रेष्ठसँग हुँदैछ । 

देउवा पक्षबाट उमेदवार बनेका श्रेष्ठ पार्टीका पूर्व क्षेत्रीय सचिव र ट्रेड युनियन कांग्रेसको लामो समय जिल्ला अध्यक्ष बनेका थिए। 

रुपन्देही ३ का क्षेत्रीय सभापति मातृका यादव पनि अर्को कार्यकाल लिने रस्साकस्सीमा छन्। पार्टीमा पौडेल पक्षका यादवका प्रतिस्पर्धी सुशील गुरुङ रहेका छन्। 

क्षेत्र नम्बर ३ को दुवै प्रदेश क्षेत्रमा देउवा पक्षका उम्मेदवारले जितेकाले गुरुङले सहज ठानेका छन् । यादवको दोहोरिने योजनामा पौडेल पक्षले दह्रो टक्कर दिने अवस्था छ।

जिल्लाको मर्चवार क्षेत्र पर्ने रुपन्देही क्षेत्र नम्बर ४ मा पौडेल पक्षका मुकेश यादव अर्को कार्यकाल दोहोरिने प्रयासमा छन्। 

प्रदेश सभा क्षेत्रीय अधिवेशनमा पौडेल पक्ष नै यो क्षेत्रमा बलियो देखिएकाले यादवले सजिलै जित्ने अनुमान गरेका छन् । मर्चवार क्षेत्रबाट मुकेशका प्रतिस्पर्धी देउवा पक्षका विनोद श्रीवास्तव छन्। 

क्षेत्र नम्बर ५ मा लामो समय क्षेत्रीय सभापति रहिसकेका वसिउल्लाह मुसलमान फेरि दोहोरिन खोज्दै छन्। 

शाहको निर्वाचन क्षेत्र यहाँ उनको बलियो प्रभाव छ। ५ ख मा शाहकै पहलमा सर्वसम्मत प्रदेश क्षेत्रको कार्यसमिति र प्रदेश प्रतिनिधि चयन भएका थिए । 

५ क को चुनावमा फराकिलो अन्तरले शाह पक्षकै उमेदवार विजयी भएका थिए। शाहनिकट बसिउल्लाहले पनि जित सहज देखेका छन्। 

देउवानिकट भरतकुमार शाह र बालकृष्ण खाँणको जिल्लामा भने छुट्टाछुट्टै समुह छन्। बसिउल्लाहको प्रतिस्पर्धाको रुपमा पौडेल पक्षले आइतबार दिउँसोसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .