नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सुरु भएकाे छ।
पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि आवश्यक प्रक्रिया पूरा गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेकाे हाे।
यसअघि देउवा निवासमै पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेकाे थियाे।
केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको हाे।
उक्त बैठक सकिएपछि अहिले केन्द्रीय समिति बैठक सुरु भएकाे हाे।
33
Shares

प्रतिक्रिया