राजनीति


सभामुख सापकोटा बाह्रबिसे हुँदै तातोपानी नाका जाने

सभामुख सापकोटा बाह्रबिसे हुँदै तातोपानी नाका जाने

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०७८ सोमबार १२:२२, काठमाडौँ

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसे-तातोपानी खण्डको अवलोकनमा गएका छन्।

सभामुखसँगै अर्थमन्त्री जनार्दन शर्मा पनि गएका छन्। 

उनीहरुले तातोपानी भन्सार र मितेरी पुलसम्मको अवलोकन भ्रमण गरी त्यहाँको अवस्था जानकारी लिनेछन्। 

सापकोटाले तातोपानी नाकाबाट हुने आयात निर्यात र सडक मार्ग व्यवस्थित गर्न पहल गर्दै आएका छन्। 

त्यहाँको स्थलगत जानकारी लिएपछि उनीहरु तातोपानी भन्सार कार्यालयमा हुने छलफलमा सहभागी हुने कार्यक्रम छ।

भूकम्प, भोटेकोशी बाढी र विभिन्न समयका पहिरोका कारण केही वर्षयता अरनिको राजमार्ग अन्तरगतको बाह्रबिसे-तातोपानी  सडकखण्डमा अवरोध हुँदै आएको छ।

कोभिड-१९ महामारीका कारण सीमा क्षेत्रमा गरिएको कडाइका कारण तातोपानी नाकाबाट हुने आयात निर्यात समेत पूर्ववत् अवस्थामा फर्कन सकेको छैन।

सभामुख सापकोटाको निर्वाचन क्षेत्र समेत रहेको त्यहाँ २०७१ सालमा जुरे पहिरो, २०७२ को महाभूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७४ मा लार्चा पुल पहिरो पुरिएको, २०७५ मा साधी खोलाले पक्की पुल बगाएको, २०७७ सालमा बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको लार्चामा आएको बाढी, पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेको थियो।

२०७६ को अन्त्यबाट विश्वव्यापी रुपमा देखा परेको कोभिड-१९ महामारीका कारण लामो समयसम्म उत्तरी सीमा नाका बन्द रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad