नेपाल बार एसोसियसनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले सर्वोच्च अदालतका अन्य न्यायाधीशहरु पनि निर्विवादित नरहेको बताएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सोमबार भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'सर्वोच्च अदालतका अरु न्यायाधीश पनि दूधले धोएका छैनन् तर मुख्य जिम्मेवार प्रधानन्यायाधीश हुन्', उनले भने, 'अहिलेको समस्याको दोषी अरु न्यायाधीशहरु पनि हुन्। तर प्रधानन्यायाधीशले यसको मुख्य दोष लिनुपर्छ।'
उनले असार २८ मा गरिएको परमादेशलाई लिएर पनि अनेक प्रश्न उठेको बताएका छन्।
'असार २८ मा जारी गरिएको परमादेशको विषयमा पनि प्रश्न उठेको छ। त्यससँग सम्बन्धित प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको न्यायिक निष्ठामाथि कुरा उठेको छ', उनले भने, 'तर यहाँ सबैभन्दा उपयोग भएको प्रधानन्यायाधीश हो।'
भट्टराईले अहिलेको प्रकरणम राजनीतिक दलहरु कानमा तेल हालेर बसेको भन्दै आक्रोश पोखे। 'न्यायालय यति अस्तव्यस्त हुँदा पनि दलहरु चुप लागेर बसेका छन्', उनले भने, 'अब हाम्रो आन्दोलन राजनीतिक दलहरुतिर सोझिन सक्छ।'
उनले न्यायपालिकाको सुदृढीकरणका लागि प्रधानन्यायाधीशको जीनामा आउनुपर्ने बताए। 'न्यायपालिका सुधारका लागि बारसम्वद्ध साथीहरुले अन्य केीही विषय उठाउनु भएको छ। उहाँहरुले अन्य न्यायाधीशबारे उठाएका कुरा पनि थप्न सकिन्छ', उनले भने, 'तर नेपाल बारसहित सबै वकिलको अहिलेको माग भनेको प्रधानन्याधीशको राजीनामा नै हो।'
Shares

प्रतिक्रिया