ad ad

राजनीति


भीमार्जुन आचार्यले पनि आफ्नै ‘लाइन’सँग मिल्ने कुरा गरेपछि रमाए रवीन्द्र मिश्र

भीमार्जुन आचार्यले पनि आफ्नै ‘लाइन’सँग मिल्ने कुरा गरेपछि रमाए रवीन्द्र मिश्र

फाइल तस्बिर : संविधानविद् भीमार्जुन आचार्य र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र।


नेपालखबर
कात्तिक २१, २०७८ आइतबार १४:४८, काठमाडौँ

संविधानविद् भीमार्जुन आचार्यले पनि आफ्नै ‘लाइन’सँग मिल्ने कुरा गरेपछि विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र खुसी भएका छन्। 

संविधानविद् आचार्यले पनि मिश्रको राजनीतिक दस्तावेजमा उल्लेख धारणासँग मिल्दो अर्थात् संघीयता नै देशको समस्या रहेको आशय व्यक्त गरेका हुन्। 

‘इथियोपिया, सुडान, नाइजेरिया आदिको हालत हेरौं। जसको एक मात्र प्रमुख कारण संघीयता र जातीय राजनीति हो’, आचार्यले आइतबार ट्विट गरेका छन्, ‘संविधान निर्माणको समयमा नेपालमा जे जे भनियो, ठ्याक्कै त्यहाँ पनि त्यस्तै भनिएको थियो। समयले कथित अग्रगमनकारीलाई सबैभन्दा बढी प्रतिगामी र देशद्रोही प्रमाणित गरिदियो। आखिर, देशले हार्यो।’

यसलाई रवीन्द्र मिश्रले रिट्विट गरेका हुन्। 

अध्यक्ष मिश्रले हालै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गरिनुपर्ने प्रस्ताव गरिएको आफ्नो राजनीतिक दस्तावेज आफ्नो पार्टी विवेकशील साझा पार्टीको केन्द्रीय कमिटीबाट दुईतिहाइभन्दा बढी मतले पारित गराएका छन्। 

यही दस्तावेज सार्वजनिक भएयता विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डेको पक्ष अनौपचारिक रूपमा अलग भइसकेका छन्।

संघीयताविरोधी दस्तावेज आफ्नो अनुपस्थितिमै केन्द्रीय कमिटीबाट पारित गराइएपछि पाण्डे पक्षले छुट्टै बैठक राखेर अध्यक्ष मिश्रविरुद्ध कारबाही गर्ने निर्णय गरेको थियो। तर यहीबीच मिश्र पक्षले दिएको निवेदनका आधारमा निर्वाचन आयोगले विवेकशील साझा पार्टीको आधिकारिता मिश्र पक्षलाई दिएको छ। यो निर्णय गलत भएको भन्दै पाण्डे पक्षले अदालतसम्म पुग्ने चेतावनी दिइरहेको छ।  

यो पनि : ​विवेकशील साझाका संयोजक पाण्डेलाई प्रवक्ता पाठकको जवाफ: मुद्दा हाल्ने चेतावनी विवेकशीलता हैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .