सल्यानमा आइतवार दिउँसो यात्रु बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।
सल्यानको खलंगाबाट दाङको तुलसीपुर गइरहेको रा १ ख २५५२ नम्बरको बस आइतबार दिउँसो कपुरकोट गाउँपालिका-५ थारखोलामा दुर्घटना भएको थियो।
सडकबाट करिब २ सय मिटर तल खोलामा बस खसेर भएको दुर्घटनामा घटनास्थलमै ५ जनाको ज्यान गएको हो।
कर्णाली प्रदेश प्रहरीका प्रवक्ता डीएसपी माधव श्रेष्ठका अनुसार दुर्घटनापछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन्।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी पनि पुगिसकेको श्रेष्ठले जानकारी दिएका छन्।
मृतकको सनाखत हुन बाँकी छ। घाइतेहरूलाई उपचार गर्न काठमाडौं लगिने प्रहरीले जनाएको छ।
उक्त बस तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा ५ जनाको घटनास्थलमै र ४ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन।
बसमा ३० जना सवार रहेका थिए। बस सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो।
Shares
प्रतिक्रिया