ad ad

राजनीति


माओवादी केन्द्र संगठन विभागको बैठक पेरिसडाँडामा

माओवादी केन्द्र संगठन विभागको बैठक पेरिसडाँडामा

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०७८ आइतबार १३:३४, काठमाडौँ

नेकपा माओवादी केन्द्रको संगठन विभागको बैठक आइतवार बसिरहेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार दुई घण्टादेखि जारी बैठकमा सदस्यता वितरण र नवीकरणको समीक्षा गरेको छ।

मंसिर ४ गते पालिकास्तरीय सम्मेलन राखिएको छ। त्यस सम्मेलनबारे पनि बैठकमा पनि छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए। 

माओवादी केन्द्रको संगठन विभाग प्रमुखमा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा छन्।

त्यसैगरी ऊर्जामन्त्री पम्फा भुसाल, लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, प्रदेश १ इन्चार्ज राम कार्की, गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डे र स्थायी कमिटी सदस्य मात्रिका यादव लगायत १० प्रदेशका इन्चार्ज सहभागी छन्। 

कात्तिक २५ गतेसम्म माओवादीले सदस्यता नवीकरण र नयाँ सदस्यता थप्ने कामलाई तीव्र बनाइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .