ad ad

समाज


सल्यानमा यात्रुबस दुर्घटना, कम्तीमा आठ यात्रुको मृत्यु

सल्यानमा यात्रुबस दुर्घटना, कम्तीमा आठ यात्रुको मृत्यु

समाचार प्रतिनिधि तस्बिर


नेपालखबर
कात्तिक २१, २०७८ आइतबार १३:१६, काठमाडौँ

सल्यानमा आइतवार दिउँसो यात्रु बस दुर्घटना हुँदा कम्तीमा पनि ८ यात्रुको ज्यान गएको छ। 

सल्यानको खलंगाबाट दाङको तुलसीपुर गइरहेको रा १ ख २५५२ नम्बरको बस आइतबार दिउँसो कपुरकोट गाउँपालिका-५ थारखोलामा खसेर दुर्घटना भएको हो।

सडकबाट करिब २ सय मिटर तल खोलामा बस खसेर भएको दुर्घटनामा घटनास्थलमै ५ जनाको ज्यान गएको छ। 

अन्य तीन यात्रुको उपचारमा अस्पतालतर्फ लाने ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

कर्णाली प्रदेश प्रहरीका प्रवक्ता डीएसपी माधव श्रेष्ठका अनुसार दुर्घटनापछि अहिले सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी पनि पुगिसकेको श्रेष्ठले जानकारी दिएका छन्। 

तिहार मानेर फर्किरहेका यात्रु चढेको उक्त बसमा करिब ४० जना यात्रु सवार रहेको बताइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .