ad ad

राजनीति


आन्दोलित १५ न्यायाधीश र नेपाल बारविरुद्ध अदालतको अवहेलना मुद्दा

आन्दोलित १५ न्यायाधीश र नेपाल बारविरुद्ध अदालतको अवहेलना मुद्दा

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १३:३७, काठमाडौँ

एक सातादेखि आन्दोलनरत १५ न्यायाधीश र नेपाल बार एसाेसिएसन विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

अधिवक्ता सकुन भण्डारीले न्यायमा अवरोध गरेको भन्दै कारबाही मागसहित १५ न्यायाधीश र बारविरुद्ध रिट हालेकी हुन्। 

अधिवक्ता भण्डारीले आचार संहिता विपरित न्यायमा अवरोध गरेको भन्दै १५ न्यायाधीश र बारलाई अदालतको अवहेलनामा कारवाही मागसहित रिट हालेकी हुन्। 

उनले रिटमा न्यायाधीशहरुले इमानदारीपूर्वक काम नगरी बदनियतपूर्वक इजलास नबसेको बताएकी छन्। रिटमा उनले न्यायाधीशको उक्त कदमले न्यायमा अवरोध गरेको बताउँदै उनीहरुले काम गर्नु पदीय दायित्व भनेकी छन्। 

भण्डारीले न्यायाधीशहरु पदीय दायित्वविपरीत जाँदा न्यायमै अवरोध भएको पनि तर्क गरेकी छन्। त्यहीकारण उनले ती सबै न्यायाधीशमाथि अदालतको अवहेलनामा कारबाही गरिपाउन माग गरेकी छन्।  

रिटमा भण्डारीले आचारसंहिता विपरीत कानुन व्यवासयीले पनि आन्दोलन गरेर न्यायमा अवरोध गरेकाले उपयुक्त आदेश जारी गरि पाउन माग गरेकी छन्।  

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले रिट परेको बताउँदै त्यसमाथि अध्ययन भइरहेकाले उचित निर्णय लिइने जानकारी दिएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .