अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेस्सीले पुनः बार्सिलोनामा फर्किने चाहना व्यक्त गरेका छन्।
यद्यपि उनले बार्सिलोनामा खेलाडीको रुपमा नभई प्रशिक्षकको रुपमा फर्किन चाहेका बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बार्सिलोना छाडेको करिब दुई महिनापछि मेस्सीले आफ्नो पुरानो क्लबमा फर्किने विषयमा कुरा गरेका हुन्।
६ पटकको बालोन डे’ओर उपाधि विजेता मेस्सीले एक अन्तर्वातामा आफूलाई बार्सिलोनाले अवसर दिएको अवस्थामा फर्किन तयार रहेको बताएका हुन्।
हालै मात्र बार्सिलोनाले टोलीका मुख्य प्रशिक्षक रोनाल्ड कोमेनलाई बर्खास्त गरेको छ। उनको स्थानमा बार्सिलोनाकै पूर्व खेलाडी रहेका जाभी हर्नान्डेज आउन सक्ने चर्चा छ।
मेस्सीले बार्सिलोनाको लागि २१ वर्ष फुटबल खेलेका थिए। यो क्रममा उनले आफूलाई विश्वकै उत्कृष्ट खेलाडीको रुपमा उभ्याएका थिए।
यो सिजनको लागि भने बार्सिलोनासँग नयाँ सम्झौता हुन नसकेपछि उनी पीएसजी गएका हुन्।
Shares

प्रतिक्रिया