राजनीति


‘सम्मानजनक’ बहिर्गमन चाहेका प्रधानन्यायाधीशले स्थगन गरे आफ्नो इजलास

‘सम्मानजनक’ बहिर्गमन चाहेका प्रधानन्यायाधीशले स्थगन गरे आफ्नो इजलास

नेपालखबर
कात्तिक १५, २०७८ सोमबार ११:१२, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो इजलास स्थगन गरेका छन्। प्रधानन्यायाधीश जबराले सोमबारका लागि ६ पेसी तोके पनि आफ्नो इजलास नराखेका हुन्। साथै उनले आज बन्दी प्रत्यक्षीकरणबोहकका मुद्दालाई पेसी तोकेका छैनन्। 

प्रधानन्यायाधीश जबराले आफूबाहेक १० जना न्यायाधीशलाई ६ वटा इजलास तोकेका छन्।

न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ र हरि फुँयाल, आनन्दमोहन श्रेष्ठ र टंकबहादुर मोक्तान, अनिलकुमार सिन्हा र कुमार चुडाल, सपनाप्रधान मल्ल र मनोजकुमार शर्मालाई संयुक्त इजलास तोकिएको हो। 

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीलाई भने एकल इजलास तोकिएको छ। ६ वटा इजलासमा एक–एक वटा बन्दी प्रत्यक्षीकरणको मुद्दाको पेसी तोकिएको छ।

‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव पठाएको भोलिपल्ट प्रधानन्यायाधीश जबराले आफ्नो इजलास नतोकेका हुन्। आइतबार साँझ मात्रै प्रधानन्यायाधीश जबराले ३ जना न्यायाधीशसमक्ष सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएका छन्। 

वर्तमान गठबन्धन सरकारमा ‘भाग’ खोजकोलगायत आरोप लागेपछि सर्वाेच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै इजलास बष्किार गरिरहेका छन्। तर पनि प्रधानन्यायाधीश जबराले आफ्नो इजलास जारी राखेका थिए। तर आज उनले आफ्नो इजलास नतोकेका हुन्। 

याे पनि : ​प्रधानन्यायाधीशले भने : अपमानित गरेर निकाल्न खोजे, यसरी म छाड्दिनँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad