राजनीति


प्रधानन्यायाधीशले भने : अपमानित गरेर निकाल्न खोजे, यसरी म छाड्दिनँ

प्रधानन्यायाधीशले भने : अपमानित गरेर निकाल्न खोजे, यसरी म छाड्दिनँ

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १८:३४, काठमाडौँ

 प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूलाई अपमानजनक ढंगले हटाउन खोजेको बताएका छन्। 

सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशहरूले गठन गरेको वार्ता टोलीसँग आइतवार अपरान्ह छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

आन्दोलित न्यायाधीशहरुले बनाएको तीन सदस्यीय टोलीसँगको छलफलका क्रममा आफूले संवैधानिक र सम्मानजनक बिदाइ चाहेको पनि बताएका छन्। 

न्यायाधीशहरुले जबराको बिदाइका लागि आइतवार मात्रै आन्दोलनमा समर्थन जनाउन आइपुगेका न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र अर्का न्यायाधीश मनोजकुमार शर्मासहितको टोलीलाई छलफलको जिम्मा दिएका थिए। 

'मलाई यहाँबाट अपमानजनक रुपमा निकाल्न खोजे, हटाउने नाममा अनेक षडयन्त्र गरे', उनले उक्त टोलीसँग भने, 'म अपमानित भएर त जाँदै जान्न।'

जबराले सम्मानजनक निकासका विकल्प खोज्न पनि न्यायाधीशहरुलाई भनेका छन्। उक्त छलफलका क्रममा दुई पक्षबीच सोमबारदेखि नै बन्दी प्रत्‍यक्षीकरण निवेदनमाथि सुनुवाइ अघि बढाउनेबारे पनि कुरा भएको छ। 

वार्ता टोलीका सदस्यहरुले छलफलका क्रममा जबरालाई सम्मानित ढंगले बाहिरिन सुझाएका छन्। तर त्यसका विकल्पबारे उनीहरुले ठोस धारणा दिइसकेका छैनन्। 

सर्वोच्चमा चलेको विवादका कारण गत सोमबारदेखि एउटै मुद्दाको सुनुवाइ भएको छैन। प्रधानन्यायाधीशविरुद्ध इजलास बहिष्कार गरेपछि न्यायाधीशहरुको पनि आलोचना भइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad