नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिले सर्वोच्च अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रबाट समाधान गरिनुपर्ने बताएका छन्।
राजधानीको बत्तिसपुतलीमा आइतवार आयोजित पत्रकारसँगको अन्तरक्रियाका क्रममा महतले यस्तो बताएका हुन्।
'यसमा कांग्रेसको दृष्टिकोण भनेको न्यायालयभित्रको समस्यालाई त्यहीँभित्र अन्तरक्रिया गरेर समाधान गरिनुपर्छ', महतले भने, 'न्यायालयले संविधान नाघेको स्पष्ट कुरा बाहिर आए मात्रै संसदले हस्तक्षेप गर्ने हो।'
सर्वोच्चको विवाद आन्तरिक भएको बताउँदै महतले अहिले संविधान नाघेको कुरा स्पष्टसँग बाहिर नआइसकेको पनि बताएका छन्।
147
Shares

प्रतिक्रिया