समाज


राष्ट्रपतिद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बहुमूल्य बुद्ध मुर्तिको अनावरण

राष्ट्रपतिद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बहुमूल्य बुद्ध मुर्तिको अनावरण

सुदीप भण्डारी
कात्तिक १४, २०७८ आइतबार १६:३, काठमाडौँ

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल महाकरुणा बुद्ध मुर्तिको अनावरण गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमूल्य बुद्ध मुर्तिको आइतबार अनावरण गर्दै यसले लुम्बिनीमा एउटा आयाम थपिएको बताइन्। 

‘अन्तर्राष्ट्रिय विमानस्थलमा यस प्रतिमाको स्थापनाले विश्वभरबाट लुम्बिनीको दर्शनको लागि आउने प्रत्येक यात्रीलाई करुणा र अहिंसाको सत्मार्गमा रहने सन्देश पुर्याउन समेत सहयोग पुग्ने छ’ उनले भनिन्, ‘प्रतिमा निर्माणले बुद्धको सन्देशलाई आत्मसाथ गर्दै र थप जागरुक बनाउन प्रेरित गर्ने छ।’  

भण्डारीले मुर्ति स्थापनाको पहल गर्ने लुम्बिनी गार्डेन फाउण्डेसनको काम सह्रानीय रहेको उल्लेख गरिन्। स्पेनको कोथेरेस नगरमा अझ भव्य प्रतिमा स्थापना हुन लागेको भन्दै उनले यसबाट नेपाल र स्पेनलाई शान्ति र सत्भावको भावनाले मित्रतामा आवद्ध गरेको थप सन्देश प्रवाह हुने बताइन्। 

भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम छिटो भन्दा छिटो टुंगिनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड थियो। 

‘विमानस्थल सम्पन्न भएपछि संसारभरका बौद्धमार्गी अनुसन्धानकर्मी र जिज्ञासुलाई आवत जावत गर्न सहज हुने छ’ उनले भनिन्,  ‘यस विषयमा सम्बन्धित निकायको गम्भिरतापूर्वक ध्यान पुग्नु पर्दछ।’ 

भण्डारीले मुर्ति स्थापनाको पहल गर्ने लुम्बिनी गार्डेन फाउण्डेसनको काम सह्रायिन रहेको उल्लेख गरिन्। स्पेनको कोथेरेस नगरमा अझ भव्य प्रतिमा स्थापना हुन लागेको भन्दै उनले यसबाट नेपाल र स्पेनलाई शान्ति र सद्भावको भावनाले मित्रतामा आवद्ध गरेको थप सन्देश प्रवाह हुने बताइन्।

भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम छिटो भन्दा छिटो टुंग्याउनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड थियो।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणले अब छिटो भन्दा छिटो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताए। त्यसको लागि नेपाल सरकारले गम्भीरतापूर्वक आफ्नो कदम अघि बढाउने उनले बताए।

‘क्यालिवेरेसन फ्लाइट चलाएर एयरपोर्टको माध्यमबाट हामी अन्तर्राष्ट्रिय उडान भर्न चाहन्छौँ। त्यसैले अविलम्ब यसको उद्घाटन हुनेछ’ खाणले भने ‘दोस्रो फेजको क्षमता अभिबृद्धिको योजना अघि बढ्ने छ।’

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको प्रतिमाले विश्व मानचित्रलाई थप परिचित गराउने बताए। साथै विमास्थलमा शाेभा बढाउने र बौद्धमार्गीलाई आकर्षण गर्ने उनको भनाइ छ।

स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख ब्लांका मार्तिन देलगादोले लुम्बिनी गार्डेन फाउण्डेसन मार्फत बुद्ध र शान्तिको सन्देशले स्पेन र नेपाललाई जोड्ने अभियानमा रहेको बताइन्। गरिबी, असमानता लगायत सबै कुरामा नेपालसँग सहकार्य गर्ने उनको भनाई छ।

दक्षिण अमेरिकामा राम्रो सम्बन्ध रहेको स्पेनले नेपाल मार्फत एशियामा पनि राम्रो सम्बन्ध स्थापित गर्न चाहेको बताइन्।

जेड स्टोन धातुको बुद्ध मुर्ति केही दिन अघि म्यानमारबाट नेपाल ल्याइएको हो। एक हजार ८०० किलो तौल भएको बुद्ध मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ।

साढे २ अर्ब मूल्यको बुद्ध मुर्ति लुम्बिनी गार्डेन फाउण्डेसनको पहलमा म्यानमारको माल्वीन ग्रुपले भिक्षु कालिगढहरुद्वारा तयार गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad