राजनीति


पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा वैद्यनिकट क्रान्तिकारीकाे प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा वैद्यनिकट क्रान्तिकारीकाे प्रदर्शन

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १५:६, काठमाडौँ

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ।

आइतबार टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेजको माग गर्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताए।

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीहरुलाई कालोमोसो दल्न पछि नपर्ने चेतावनी दिए। अध्यक्ष गजुरेलले नेपाल सरकार नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाउँदै सरकारले जनताको पसिना लुटेर स्वार्थपूर्तिका लागि काम गरेको र सत्ता टिकाउन केन्द्रित भएको बताए।

अध्यक्ष गजुरेलले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य १५ सय बनाएको छ। पेट्रोलको मूल्य १३३, डिजेल मट्टितेलको ११६ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाइएको छ। यसको हामी घोर भत्र्सना र निन्दा गर्दछौँ। नेपाल सरकार नेपाली जनताको लागि जवाफदेही भएन। सरकारले लुटतन्त्र मच्चायो। स्वार्थपूर्तिका लागि र सत्ता टिकाउनका लागि मात्रै काम गरिरहेको छ। अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिन अपील गर्दछु।’

अध्यक्ष गजुरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय सरकारले तत्काल फिर्ता नलिए नेकपा माओवादी क्रान्तिकारी र अखिल क्रान्तिकारीले आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिए।

नेपाल आयल निगमले शुक्रवार राति प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोलको मूल्यवृद्धि गरेको थियो। त्यसैको विरोधमा ६ विद्यार्थी संगठनले निर्णय फिर्ता नलिए देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad