राजनीति


आज पनि बसेन प्रधानन्यायाधीशबाहेकका न्यायाधीशको इजलास

आज पनि बसेन प्रधानन्यायाधीशबाहेकका न्यायाधीशको इजलास

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १३:२३, काठमाडौँ

सर्वोच्च अदालतमा आज पनि प्रधानन्यायाधीशविरुद्धको न्यायाधीशहरुले थालेको आन्दोलनको प्रभाव देखिएको छ। 

यसअघि इजलास बहिष्कार गर्दै आएका अन्य न्यायाधीशहरुको इजलास बस्नसकेको छैन। 

प्रधानन्यायाधीशको एकल इजलासचाहिँ केही बेरमा बस्ने तयारीमा रहेको छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वर्तमान सत्तागठबन्धनसँग भागबण्डा खोजेको, सर्वोच्च अदालतको गरिमा जोगाउन नसकेकोजस्ता आरोप लगाउँदै अन्य न्यायाधीशहरुले राजीनामा मागिरहेका छन्। 

त्यस्तै वकिलहरुको संगठन नेपाल बारलगायतका संस्थाले पनि आन्दोलन गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad