राजनीति


भारतको सीमा नजिक चीनले पठायो सय बढी अत्याधुनिक रकेट लन्चर

भारतको सीमा नजिक चीनले पठायो सय बढी अत्याधुनिक रकेट लन्चर

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १२:४५, काठमाडौँ

चीनले भारतसँगको विवादित सीमा क्षेत्रमा एकसय भन्दा बढी अत्याधुनिक रकेट लन्चर परिचालन गरेको छ। 

भारतसँग सम्बन्ध चिसिरहेका बेला सीमामा अत्याधुनिक रकेट लन्चर परिचालन गरेको चिनियाँ सेनाले जनाएको छ। 

दुई देशबीचको विवादित लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतले अत्याधुनिक हतियार ‘एम७७७ अल्ट्रालाइट हाउइट्जर’ जडित सेनाका तिनवटा रेजिमेन्ट पठाएपछि चीनले प्रतिक्रियास्वरुप आफ्नो तर्फबाट अत्याधुनिक हतियारसहितका सैनिकको तैनाथी बढाएको हो।

यी अत्याधुनिक हतियार सहितका भारत र चीनका सेनाले आवश्यक परेको खण्डमा एक अर्काको देशमा हवाई फायरिङ् गर्न सक्छन्।

चीनले पठाएको अत्याधुनिक ‘१०० पीसीएल—१८१ लाइट’ भारतले परिचालन गरेका एम७७७ ले भन्दा दोब्बर बढी दुरीमा हवाई फायरिङ् गर्न सक्ने चिनियाँ सैनिक अधिकारीलाई उधृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ। 

अक्टोबर पहिलो साता सैन्य कमाण्डरबीच भएको वार्तामा चिनियाँ कमाण्डरले भारतीय समकक्षिलाई रणनीतिक हिसाबले महत्वपूर्ण मानिएको देप्साङ् क्षेत्रबाट सेना भारतीय भूमितर्फ फर्काउन आग्रह गरेका थिए। चिनियाँ सेनाको आग्रह भारतीय पक्षले अस्वीकार गरेको थियो।

भारतीय र चिनियाँ सैनिकबीच आफ्नो सैनिकलाई विवादित भूभागबाट हटाएर सीमामा शान्ति कायम गर्नेबारे सहमति जुट्न सकेको छैन। दुवै पक्षले विवादित क्षेत्रमा सैनिक तैनाथी बढाएका छन्। दुवै पक्ष विवादित सीमा क्षेत्रमा आफ्ना सैनिकलाई चाहिने सैन्य सामाग्री जुटाउन तल्लीन छन्।

नजिकको दुरीबाट शत्रुलाई मार हान्न सकिने हतियार बटुल्दै चिनियाँ र भारतीय सैनिक विवादित क्षेत्रमा अडिग भएर बसेका छन्।

सन् २०२० को मे महिनामा भारत र चीनको सीमावर्ती लद्दाख क्षेत्रमा भएको भिडन्तमा २० भारतीय र ४ चिनियाँ सैनिक मारिएपछि चिसिएको द्विपक्षिय सम्बन्धमा कुनै सुधार आएको छैन। पटक पटक भारत र चीनबीच वार्ता भएपनि कुनै निकास निस्किन सकेको छैन। भारत र चीनका बीच हिमालय क्षेत्रमा थप भिडन्त हुन सक्ने अवस्था देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad