कारोबार


राप्रपा काभ्रे अध्यक्षमा पुनः टुल्कु लामा

राप्रपा काभ्रे अध्यक्षमा पुनः टुल्कु लामा

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १२:३२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काभ्रे जिल्ला अध्यक्षमा टुल्कु लामा चयन भएका छन्। 

बनेपामा सम्पन्न अधिवेशनबाट लामालाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। 

जिल्ला उपाध्यक्षमा गणेशलाल श्रेष्ठ, श्रीदास लामा, गंगामाया लामा, सचिवमा धनजित लामा र कोषाध्यक्षमा किरन श्रेष्ठ चयन भएका छन्। 

२९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको र पार्टीको गतिविधिलाई तीब्रता दिइने अध्यक्ष लामाले बताए।

अधिवेशनको उद्घाटन राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले गरेका थिए। 

उनले वर्तमान सरकारले सुर लिन नसकेको आरोप लगाउँदै गठन भएको चार महिनाको अवधिमा जनताका समस्या समाधान गर्ने र मुलुकलाई दिशा दिने काम हुन नसकेको तर्क गरे। 

कार्यक्रममा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्य उदयसिंह मुस्याजु, जिल्ला अध्यक्ष टुल्कु लामा, सचिव धनजीत लामालगायतले राष्ट्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad