निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता भएको छ।
सरकारी वकिल कार्यालयले बिहीबार महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको हो।
संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो।
‘महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबर्जस्ती करण मुद्दा दर्ता भएको छ’, महराको पक्षमा वकालत गरिरहेका एक वकिलले नेपालखबरसँग भने, ‘भोलिबाट थुनछेक बहस सुरु हुन्छ।’ उनले सम्भव भएसम्म भोलि नै र ढिलोमा आइतबारसम्ममा फैसला आइसक्ने बताए।

प्रतिक्रिया