ad ad

कारोबार


इन्डोनेसियाबाट काठमाडौं उड्यो सेनाको तीन अर्ब ३८ करोडको विमान

इन्डोनेसियाबाट काठमाडौं उड्यो सेनाको तीन अर्ब ३८ करोडको विमान

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार ९:५६,

नेपाली सेनाले इन्डोनेसियाबाट नयाँ विमान ल्याउने भएको छ। इन्डोनेसियाली मिडिया का अनुसार सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान नेपाली सेनालाई बुधबार हस्तान्तरण गरिएको हो।

उक्त विमान इन्डोनेसियाली सरकारी कम्पनी पीटी डिरागान्तारा इन्डोनेसियाले निर्माण गरेको हो। विमान इन्डोनेसियाको वेस्ट जाभा, बान्डुङमा रहेको हुसेन सास्त्रानेगारा एयरबेसबाट बुधबार काठमाडौंका लागि उडेको छ। उक्त विमान आगामी शनिबार काठमाडौं आइपुग्नेछ।

विमान निर्माणका लागि सन् २०१७ जुनमा नेपाली सेनाले ३० मिलियन अमेरिकी डलरको सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। याे रकम भनेकाे नेपाली करिब ३ अर्ब ३८ कराेड रूपैयाँ हाे।  

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बहुउपयाेगी जहाज शनिबार नेपाली भूमिमा अवतरण हुने बताए। उनले सेनाले खरिद गरेकाे साे  विमानलाई आवश्यकताअनुसार परिमार्जन र उपयाेगमा ल्याउन सकिने खालकाे भएकाे जानकारी दिए। 

'याे जहाज सेना आफैले खरिद गरेकाे हाे,' प्रवक्ता पाण्डेले नेपालखबरसँग भने 'यसले विपतमा सघाउनेछ, सैनिक गतिविधि सञ्चालनमा समेत प्रयाेग हुनेछ,।'

यो विमानमा रहेका छवटा कन्फिगुरेसन मोडहरुबाट यातायात, कार्गो, प्याराट्रुप, मेडिभ्याक, मारिटाइम पेट्रोल र भीआईपी उडानका लागि आवश्यकताअनुसार प्रयोग गर्न सकिने निर्माता कम्पनीका निर्देशक एल्फिन गोएन्टोरोले पनि जानकारी दिए।

नेपालले धेरै प्रयोजनमा प्रयोग गर्न सकिने गरी विमानको माग गरेको बताइएको छ।

नेपाल आउनलागेको नयाँ विमान अहिले क्याप्टेन एस्थर गायत्री सालेहले टेस्ट पाइलट र उडान निर्देशकको रुपमा तथा क्याप्टेन एर्भान गुस्तान्तोले कोपाइलटको रुपमा उडाएको समाचारमा जनाइएको छ।

नेपाल आइसकेपछि नेपाली सेनाले पनि अन्तिम ग्रहणको लागि परीक्षण उडानलगायतका आवश्यक कुराहरु गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .