स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालमै राखिने भएकाे छ। प्रधानमन्त्री ओलीकाे उपचारमा संलग्न चिकित्सकहरुले उनकाे स्वास्थ्य परीक्षण पुरा भएपछि आज राति वा भाेलि बिहान हस्पिटलबाट डिस्चार्ज गरिने बताएका छन्।
बुधबार साँझ अस्पतालबाट जारी भएकाे विज्ञप्तिमा प्रधानमन्त्री ओलीकाे स्वास्थ्य सामान्य रहेकाे उल्लेख छ।

प्रधानमन्त्री ओलीलाई भदौ ५ गते सिंगापुर लगेर दुई साता अस्पतालमा राखेर प्लाज्माफेरेसिस गराइएको थियो। ओली भदौ २० गते स्वदेश फर्किएका थिए।
अस्पताल स्राेतका अनुसार याे उनकाे नियमित स्वास्थ्य परीक्षण हाे।
3
Shares

प्रतिक्रिया