रौतहटमा भारतीय समूहको गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन्।
भारतको सिहोर घर भइ गौर नगरपालिका–२ बस्ने बिजय साह बानियाँलाई भारतकै नरेश राम र रजनीश पासवानले गोली प्रहार गरेका हुन्।
बानियाँको कोखामा गोली लागेको छ। उनलाई स्थानीय अस्पतामा उपचार पछि थप उपचारका लागि बिरगञ्ज पठाईको रौतहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले नेपालखबरलाई जानकारी दिए।
घाइते साह बोल्ने सक्ने अवस्थामा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया