चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले चिनियाँ विदेशमन्त्री वाङ् यीसँग बिदाई भेट गरेका छन्।
स्वदेश फर्किने तयारीमा रहेका पाण्डेले चिनियाँ विदेशमन्त्रीसँग बेइजिङ्स्थित विदेश मन्त्रालयमा बिदाई भेट गरेका हुन्।
बेइजिङ्स्थित नेपाली राजदूतावासका अनुसार चीनसँगको सम्बन्ध सुदृढ गर्न भूमिका खेलेकोमा वाङ्ले पाण्डेलाई धन्यवाद दिएका थिए।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका एमाले नेता पाण्डे आउँदो मंगलबार स्वदेश फर्किने कार्यक्रम छ।
पूर्ववर्ति ओली सरकारले पाण्डेलाई सन् २०२० अप्रिल महिनामा राजदूत नियुक्त गरेको थियो।
72
Shares

प्रतिक्रिया