सदाबहार नायिका करिश्मा मानन्धर र चर्चित हास्य कलाकार जितु नेपालले बुधबार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। साथमा गायिका एवं एमाले सांसद कोमल वली पनि थिइन्। 
भेटमा सहभागी हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’का अनुसार यो भेट भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा भएको हो।
यो भेटमा के के कुरा भयो त?
सांसद वलीले थोरै जानकारी दिएकी छन्।
उनका अनुसार ‘अत्यन्तै खुला हृदयका साथ नेपालका बारेमा अनि नेपाली राजनीतिका बारेमा विश्लेषण भयो। असाध्यै महत्त्वपूर्ण विषयहरू उहाँले प्रस्तुत गर्नुभयो।’
यस क्रममा सांसद वलीले आफ्ना अध्यक्ष ओलीको निकै प्रशंसासमेत गरेकी छन्।
‘हामीहरूको खाली दिमागमा उहाँको भनाइले अत्यन्तै राम्रो रुल गरिरहेको छ’, उनले भनेकी छन्, ‘यसरी नै अरू नेताहरू पनि खुला भइदिएको भए सायद नेपाल धेरै अगाडि बढ्थ्यो होला।’
सांसद वलीका अनुसार भेटका अवसरमा नायिका करिश्मा र हास्य कलाकार जितुले पनि ‘आफ्ना महत्त्वपूर्ण कुरा’ राखेका थिए।
यो पनि : अन्ततः केपी ओलीलाई भेटिन् करिश्माले
Shares

प्रतिक्रिया